बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा लामाको आग्रह
काठमाडाैं | कात्तिक २२, २०८१
काठमाडौं: लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभएको छ ।
भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एसियन बुद्धिस्ट समिट– २०२४’ लाई बुधबार सम्बोधन गर्दै डा लामाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्धमार्गी विद्वानहरुको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताउनु भएको हो ।
उहाँले विश्वमा शान्तिको सन्देश फैलाउन शान्तिका अग्रदूत गौतम बुद्धका सन्देशहरु अहिले झन् सान्दर्भिक रहेकाले एसियन बुद्धिस्ट समिट र यस्तै कार्यक्रमहरूको आयोजना थप आवश्यक रहेको पनि चर्चा गर्नुभयो ।
उहाँले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देशहरु संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकामा पनि जोड दिनुभयो ।
यस्ता सम्मेलन एवं छलफल कार्यक्रमहरुले विश्वमा बौद्ध दर्शन र सिद्धान्तहरुको प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास पनि कोषाध्यक्ष लामाले व्यक्त गर्नुभयो ।
उहाँले बौद्ध शिक्षाका माध्यमबाट एसिया क्षेत्रलाई अझ विकसित बनाउन सकिने धारणा राख्दै बुद्ध मार्गले कला, साहित्य, बास्तुकला र ध्यानका माध्यमबाट सम्पूर्ण एसियालाई नै एकताबद्ध गरेर जोडेको बताउनु भयो ।
विश्वमा र अझ बढी एसियाली मुलुकहरुमा बुद्ध धर्म र बौद्ध शिक्षाको अनुशरण विभिन्न तरिकाबाट भइरहेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले लुम्बिनी विकास कोषले पनि बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रमहरुको आयोजना गर्ने गरेको र यसलाई आगामी दिनमा निरन्तरता दिने धारणा राख्नुभयो ।
एसियाली बौद्ध सम्मेलनको आयोजना गरेकामा भारत सरकारलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
आज सम्पन्न सो सम्मेलनमा नेपालसहित एसियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्धमार्गीहरुको सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

